हेडलाईनसमाचारगण्डकी

लमजुङका चार पत्रकार सम्मानित

विजय अधिकारी ( सेवाददाता) लमजुङ, २९ मंसिर २०८१ शनिवार ।  नेपाल पत्रकार महासंघको १६ औं साधारण सभा एवं ८औं अधिवेशनका क्रममा लमजुङका  चार जना पत्रकारहरुलाई सम्मानित गरिएको छ ।

नेपाल पत्रकार महासंघ लमजुङले  सदरमुकाम बेसीशहरमा आयोजित कार्यक्रममा पत्रकार कृष्ण केसी,किसान संगीत नेपाली,आस गुरुङ (बाबु) र निरज अधिकारी लाई सम्मान गरेको हो ।


 पत्रकार केसी र संगीतले प्रत्येक बर्ष महासंघले पुरस्कृत गर्ने विकास पत्रकारिता पुरस्कार पाएका छन् । के.सी.बिकास पत्रकारीत पुरस्कार २०७९ र संगित बिकास पत्रकारीता पुरस्कार २०८० प्रदान गरिएको पत्रकार महासंघ लमजुङले जनाएको छ ।

बिकास पत्रकारीता पुरस्कारको राशी १० हजार १ सय १ रुपैयाँ  र सम्मान पत्र रहेको छ ।
त्यस्तैगरी   यस बर्षको २ हजार ५ सय  ५ रुपैयाँ राशीको क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार आस गुरुङ (बाबु) सम्मानित भएका छन् भने सोहि राशी भएको सिर्जनशील पत्रकारिता पुरस्कार बाट पत्रकार निरज अधिकारी सम्मानित भएका छन् ।


महासंघको १६ औं साधरण सभा एवं आठौं अधिबेशनको उ्दघाटन समरोहमा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले पत्रकारहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button