• विजय अधिकारी । (संवाददाता ) प्रहार समाचार । लमजुङ २९ मंसिर २०८१ शनिवार । नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा सन्देश पौडेल विजयी भएका छन् । विजयी पौडेलले २६ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी अनुज अधिकारीले ५ मत पाएका थिए ।

पत्रकार महासंघ लमजुङ शाखाको हिंजो भएको ८ औँ अधिवेशनबाट भारी मतका साथ अध्यक्षमा पौडेल विजयी भएका हुन् । लमजुङमा अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्षमा मात्र निर्वाचन भएको हो ।
त्यसैगरी पत्रकार महासंघ लमजुङ शाखाको उपाध्यक्षमा वेलिना थापा, महिला उपाध्यक्षमा बसन्ता भट्ट बानिया सर्वसम्मत निर्वाचित भएका छन्। यस्तै सचिवमा कृष्ण आले, कोषाध्यक्षमा निरज अधिकारी सर्वसम्मत विजयी भएका हुन्।

यस्तै शाखाको सह सचिव पदमा श्रीकला भण्डारी र सीताराम बसेल सर्वसम्मत बने । सदस्यहरुमा आस बहादुर गुरुङ, घन बहादुर घिमिरे जिवी, शान्ता कमली, सविना प्रजा, सुनिता भुजेल, शिला सेन्चुरी विजयी भएका छन् । ३४ मतदाता रहेको लमजुङको निर्वाचनमा ३२ मत खसेको थियो भने १ मत बदर भएको थियो ।
























