प्रहार समाचार । तनहुँ, २९ मंसिर २०८१ शनिवार । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित बजार क्षेत्रमा चितुवालाई लक्षित गरि पाँसो थापिएको छ।

बजार क्षेत्रमा नै चितुवा देखिएपछि डिभिजन वन कार्यालय तनहुँको सहकार्यमा पासो थापिएको आँबुखैरेनी–३ का वडा अध्यक्षय दिनेश केसीले बताए । ‘बजार क्षेत्रमै चितुवा देखिएपछि नियन्त्रणका लागि पासो राखिएको हो । ‘ -अध्यक्ष वडा अध्यक्ष श्रेष्ठले भने ।
आँबुखैरेनी चोक नजिकैको रुखमा हिंजो दुई चितुवा देखिएको थियो । चितुवाको भय बढेपछि झिसमिसे बिहान र साँझको समयमा घर बाहिर एक्लै नहिँड्न वडावासीलाई आग्रह गरिएको छ ।
























