हेडलाईनसमाचारगण्डकीखेलकुद

१७ औं युनाइटेड कप वडा स्तरीय फुटवल प्रतियोगिता २०८१ : सेमिफाइनलको खेल सम्पन्न , आजबाट  फाइनल खेल हुने

• विजय अधिकारी । (संवाददाता)  प्रहार समाचार ।  लमजुङ २९ मंसिर २०८१ शनिवार । लमजुङको मर्श्याङदी गाउँपालिका वडा नम्बर -२, घनपोखरा स्थित केकेम खेलमैदानमा  भइरहेको १७ औं युनाइटेड कप वडा स्तरीय फुटवल प्रतियोगिताको सेमिफाइनलका खेलहरु सकिएका छन्। आज बाट फाइनलका खेलहरु हुने छन्।

तमुहरुको महान पर्व तमु ल्होछार २०८१ को  अवसपारेर सुरु गरिएको प्रतियोगिताको   आज पाचौं दिनको  सेमीफाइनलको  पहिलो खेल मर्स्याङदी गा.पा.वडा नं ३,मनासलु ढगै बीच भएको खेलमा  निर्धारीत समय भित्र २-२ गोलको बराबरीमा टुंगियो पछी ट्राइवेकरमा ३ गोलको विरुद्ध ५ गोल गर्दै मर्श्याङदी गाउँपालिका वडा नम्बर-३,मनासलु ढगै फाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलको म्यान अफ दि म्याच मनासलु क्लब ढगैका गोल रक्षक देव गुरुङ भएका छन । त्यसैगरी दोस्रो सेमिफाइनल खेल मर्श्याङदी गाउँ पालिका वडा नम्बर -५,घेर्मु र मर्श्याङदी गाउँ पालिका वडा नम्बर -३,खुदी युथ क्लब बीच भएको खेलमा शुन्यका विरुद्ध १ गोल गरि मर्श्याङदी गाउँ पालिका वडा नम्बर -३,खुदी युथ क्लब बिजयी भएको छ ।

दोस्रो खेलको म्यान अफ दि म्याच जर्सी नम्बर ७ का फुर्वा तामाङ भएका छन् । पालिका भित्रका खेलाडीहरुको पहिचान गर्न,गाउँपालिका भित्रका युवाहरु विच मैन्त्री पुर्ण सम्बन्ध कायम गराउन, खेलाडीहरुको मनोबल बढाउन र खेल पर्यटनको विकास गर्ने उद्देश्यका साथ  वडा स्तरिय  प्रतियोगिता सुरु भएको  कार्यक्रमका सभापति एवं क्लबका अध्यक्ष भक्त बहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा  १४ टिमको सहभागीता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख र,ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय हुने टिमलाई नगद ६० हजार,ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने भने सेमिफाइनलमा पराजित हुने दुई टिमलाई नगद १५,१५ हजार रुपैयाँ,अनुशासीत टिमलाई नगद १० हजार,सर्वाधिक गोल कर्तालाई नगद ५ हजार ,सर्वोत्कृष्ट खेलाडीलाई  नगद ५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

आजको  पहिलो फाइनल खेल मर्श्याङदी गाउँपालिका वडा नम्बर ३,मनासलु युवा क्लब ढगै र मर्श्याङदी गाउँपालिका वडा नम्बर ३ खुदी युथ क्लब बीच दिउँसो १ बजे हुनेछ भने साथमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुने अध्यक्ष गुरुङले जानकारी दिए ।

“स्वास्थ्य, अनुसासन,गतिशीलता, स्थानीय खेलाडीलाई प्रोत्साहन र प्राथमिकता”भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button