हेडलाईनसमाचारगण्डकी

किर्ते गरी ठगी गर्ने एक युवक लमजुङबाट  पक्राउ

• विजय अधिकारी । ( संवाददाता ) लमजुङ, मंसिर २०८१ शुक्रवार ।  लमजुङमा किर्ते गरि ठगी गर्दै हिड्ने एक युवक  बिहीबार पक्राउ परेका छन् ।

 

लमजुङ जिल्लाको क्वहोलासोथार गाउँपालिका वडा नं ८,घाम्राङ गाउँमा आफु नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालयको कर्मचारी रहेको र आफुले  बिजुलीको मिटर धरौटी बापतको रकम जम्मा गर्न आएको भन्दै प्राधिकरणको छाप,नगदी रसिद समेत देखाई हिडेको भेटे पछी स्थानीयले सोधपुछ गर्न थाले।सोधपुछ गर्दै गर्दा युवक भागेका थिए ।

युवक भागे पछी स्थानीयले प्रहरीलाई  खबर गरे । खवर प्राप्त हुना साथ  जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी सहायक निरीक्षक कृष्ण विश्वकर्माको कमाण्डमा खटि गएको प्रहरी टोलीले कास्की पोखरा महानगर पालिका वडा नम्बर-२४,लेखनाथ बस्ने २४ बर्षका अमृत कुमाललाई लुकिछिपी बसेको अवस्थामा बेसीशहर नगरपालिका वडा नम्बर-८,बाट पक्राउ गरेको थियो ।

पक्राउ पछी कुमाललाई खान तलासी गर्दा  लिखित कागजातहरु र स्ट्याम प्याडहरु प्रहरीले बरामद गरेको छ ।पक्राउ परेका कुमाललाई नियमानुसार सम्मानित लमजुङ जिल्ला अदालत लमजुङ बाट ७ दिनको म्याद थप गरी लिखत सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको असइ कृष्ण विश्वकर्माले  जनाकारी दिए।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button