प्रहार समाचार । तनहुँ, २८ मंसिर २०८१ शुक्रवार । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको अध्यक्षमा डिपि अधिकारी विजयी भएका छन्। अधिकारीले ३३ मत पाए भने उनका निकटतम प्रतिद्धन्दि नारायण खड्काले ११ मत पाएका थिए ।

यसै गरि उपाध्यक्षमा प्रताप रानाले ३० मत पाएर विजयी भएका छन् भने रानाका प्रतिद्धवन्दि सानेबहादुर नेपाली ११ मत पाएका थिए । सचिवमा कृष्ण न्यौपाने २६ मत पाएर विजयी भए भने न्यौपानेका प्रतिद्धन्दिअस्मिता खनालले १६ मत पाएकी थिइन् ।
यसै गरि सहसचिव खुलामा .ऋषिकान्त दुवाडी ३० मत प्राप्त गरि विजयी भए भने उनका प्रतिद्धन्दि बिनोद ढुंगानाले १३ मत प्राप्त गरे । यसै गरि चार सदस्यहरुमा क्रमश: उपेन्द्र खनाल (३५ मत ) , राजेश्वर हडखले ( ३० मत ) बिकास खनाल ( ४१ मत ) र .विष्णु गौतम ले ( ३६ मत ) ल्याएर विजयी भएका छन्।

त्यसैगरी सह सचिव समावेशीमा किरण श्रेष्ठ, कोषाध्यक्षमा पूर्णबहादुर विके ,महिला सदस्यमा सुनिता आचार्य ,अन्य समावेशी सदस्यमा रामशरण नेपाली, दलित सदस्यमा मुना कालीराज विके, आदिवासी जनजाति सदस्यमा चित्र गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी परिषद् सदस्यमा प्रदीप काफ्ले, संघीय परिषद् सदस्य समावेशीमा राजकुमार श्रेष्ठ (विबि) ,प्रदेश परिषद् खुला सदस्यमा शंकरराज नहरर्की, प्रदेश परिषद् सदस्यमा मिला दरै ,प्रदेश परिषद् सदस्य सुनिता थापा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए।
























