हेडलाईनसमाचारभानुगण्डकी

सृष्टि नेपालद्वारा विद्यार्थीहरुलाई जुत्ता र मोजा बितरण

प्रहार समाचार । तनहुँ,२८ मंसिर २०८१ शुक्रवार । तनहुँको भानु नगापालिका वडा नं ८ देउरालीटारमा रहेको निर्जला आधारभूत विद्यालयका  विद्यार्थीहरुलाई  जुत्ता र मोजा वितरण गरिएको छ।

सृष्टि नेपाल सामाजिक संस्था भानु  तनहुँले
उक्त विद्यालयका ९९ जना बिपन्न  विद्यार्थीहरुलाई स्वास्थ्यको ख्याल गर्दै जुत्ता र मोजा बितरण गरिएको संस्थाका  अध्यक्ष बाबुराम  घिमिरेले जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर वहादुर घिमिरे, विद्यालयका प्रधानाध्यापक  प्रतिमा खनाल, पुर्व अध्यक्ष  कृष्ण मुरारी न्यौपाने, सहायक प्र.अ. शंकर बराकोटीले , शिक्षक चित्र बहादुर  नेपाली लगायतले संस्थाले गरेको कामको प्रशंसा गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button