प्रहार समाचार । तनहुँ, २८ मंसिर २०८१ शुक्रवार । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको निर्वाचन सम्पन्न भएर मतगणना सुरु भएको छ।

५५ मतदाता रहेको यस शाखामा ४४ मत खसेको निर्वाचन समितिले जनाएको छ।

जिल्लामा गठबन्धनका साझा उमेद्वार डिपी अधिकारी र नारायण खड्का अध्यक्षका प्रत्यासी रहेका छन्।
त्यसैगर खुल्ला उपाध्यक्षमा प्रताप राना , एसबि नेपाली, सचिवमा कृष्ण न्यौपाने र अस्मिता खनाल , खुल्ला सहसचिवमा ऋषिकान्त दुवाडी र बिनोद ढुंगाना चुनाबी मैदानमा रहेका छन्।
यसै गरि खुल्ला सदस्यहरुमा राजेश्वर हड्खले, उपेन्द्र खनाल, विष्णु गौतम, विकास खनाल र अशोक विक रहेका छन्। मत गणनाको परिणाम आज राती १०/११ बजे भित्र आइसक्ने बताइएको छ।
























