हेडलाईनसमाचारगण्डकीखेलकुद

१७ औं युनाइटेड कप वडा स्तरीय फुटवल प्रतियोगिता २०८१ : क्वाटर फाइनलका खेलहरु सम्पन्न 

• विजय अधिकारी । ( संवाददाता ) प्रहार समाचार ।  लमजुङ,२७ मंसिर २०८१ बिहीवार । लमजुङको मर्श्याङदी गाउँपालिका वडा नम्बर -२,घनपोखरा  केकेम खेलमैदानमा संञ्चालित   १७ औं युनाइटेड कप वडा स्तरीय फुटवल प्रतियोगिताको क्वाटर फाइनलका खेलहरु सकिएका छन् ।

आज चौथो दिनको खेल अर्थात १७ औं युनाइटेड कपको क्वाटर फाइनलको  पहिलो खेल मर्स्याङदी गा.पा.वडा नं २,युनाइटेड विच युवा क्लब(ए) र मर्स्याङ्दी  गा.पा. ३,खुदी युथ क्लबको विच भएको खेलमा शुन्यका बिरुद्ध २ गोल गर्दै मर्श्याङदी वडा नं ३,खुदी युथ क्लब विजयी भइ सेमिफाइनलमा प्रवेश गरेको छ। म्यान अफ दि म्याच जर्सी नम्बर ७ का पुर्व तामाङ भएका छन् ।

दोस्रो खेल मर्स्याङ्दी गा. पा वडा २,युनाइटेड विच युवा क्लब (बि) र मर्स्याङ्दी गा.पा. वडा ३,मनासलु ढगै बिच भएको खेलमा खेल अवधिभर गोल हुन नसके पछी ट्राइवेकरमा १ को बिरुद्ध ४ गोल गरेर मर्स्याङ्दी गा.पा. वडा ३,मनासलु ढगै विजय भएर  सेमिफाइनलमा प्रवेश गरेको छ । म्यान अफ दि म्याच जर्सी नम्बर ७ का गोविन्द गुरुङ भएका छन् ।

त्यसै गरि सम्पन्न तेस्रो खेलमा मर्स्याङ्दी वडा नं ७,जुनतारा युवा क्लब र मर्स्याङ्दी वडा नं ५,घेर्मु बिच भएको खेलमा शुन्य गोलका बिरुद्ध २ गोल गरेर मर्स्याङ्दी वडा नं ५ घेर्मु सेमि फाइनलमा प्रवेश गर्न सफल भएको  छ। जसको म्यान अफ दि म्याच प्रमोद गुरुङ भएका छन् ।

गाउँपालिका भित्रका खेलाडीहरुको पहिचान गर्न,गाउँपालिका भित्रका युवाहरु विच मैन्त्री पुर्ण सम्बन्ध कायम गराउन,खेलाडीहरुको मनोबल बढाउन र खेल पर्यटनको विकास गर्ने उद्देश्यका साथ  वडा स्तरिय  प्रतियोगिता सुरु भएको  कार्यक्रमका सभापति एवं क्लबका अध्यक्ष भक्त बहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा  १४ टिमको सहभागीता रहेको थियो ।


प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख र,ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय हुने टिमलाई नगद ६० हजार,ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने भने सेमिफाइनलमा पराजित हुने दुई टिमलाई नगद १५,१५ हजार रुपैयाँ,अनुशासीत टिमलाई नगद १० हजार,सर्वाधिक गोल कर्तालाई नगद ५ हजार ,सर्वोत्कृष्ट खेलाडीलाई  नगद ५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष गुरुङले प्रहार समाचारलाई बताए ।

भोलिको पहिलो सेमिफाइनल खेल मर्श्याङदी गाउँपालिका वडा नम्बर ३,मनासलु युवा क्लब ढगै र मर्श्याङदी गाउँपालिका वडा नम्बर ४ बीच हुनेछ भने दोस्रो खेल मर्श्याङदी वडा नम्बर ३,खुदी युथ क्लब र मर्श्याङदी गाउँपालिका वडा नम्बर ५,घेर्मु बीच हुने भएको छ । त्यसको संगै डोरी तान्ने,कालिज टिपाई,कुर्चिचाल र रिले दौड लगायतका खेल हुने छन् ।

“स्वास्थ्य, अनुसासन,गतिशीलता, स्थानीय खेलाडीलाई प्रोत्साहन र प्राथमिकता”भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button