हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिकास्वास्थ्य

नेशनल प्याब्सन तनहुँको १२ औं खेलकुंद महोत्सव सुरु

प्रहार समाचार । तनहुँ, २७ मंसिर २०८१ बिहीवार । नेशनल प्याब्सन तनहुँको आयोजनाम १२ औं खेलकुँद महोत्सव आजबाट दमौलीमा  शुरू भएको छ।
महोत्सवको उद्घाटन गर्दै नेशनल प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्ण बहादुर शाहीले विद्यार्थीहरुको शारिरिक र मानसिक अवस्था तन्दुरुस्त राख्न तथा अन्तरनिहित प्रतिभाको प्रस्फूटन गर्न पनि खेलकुँदको ठूलो महत्व रहने बताए ।


कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तिलक बहादुर चौहान , केन्द्रीय कोषाध्यक्ष प्रताप थापा, पूर केन्द्रीय सदस्य सहदेव अधिकारी , व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार आचार्य, नवलपुरका अध्यक्ष रमेश अधिकारी लगायतले खेलकुंद प्रतियोगिता पठाई र सिकाइको  पाटो भएकाले प्रतियोगिताले विद्यार्थीहरुमा खेलकुँदका अतिरिक्त पढाई समेत उत्साह थप्नेमा विश्वास व्यक्त गरे ।

प्रतियोगितामा २५ विद्यालयका ४ सय ९६ जना विद्यार्थीहरु बिच विभिन्न मिटरका दौड , सटफूट, छेलो, हाइजम्प, लमजम्प, भलिवल लगायत खेलहरु छात्र छात्राहरुबिच हुने खेलकुँद संयोजक जयराम अधिकारीले जानकारी दिए ।

बिजेता खेलाडीहरुलाई रनिङशिल्ड , मेडल, ट्रफीको साथमा प्रमाणपत्र प्रदान गरिने छ। कार्यक्रम प्याब्सन तनहुँका अध्यक्ष विश्वेश्वर खनालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सचिव ऋषिकेश केशीले सहजीकरण गरेका थिए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button