• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ , २७ मंसिर २०८१ बिहीवार । लमजुङको मस्याङ्दी गाउपालिका -२,घनपोखरा स्थित केकेम खेलमैदानमा तमुहरुको महान पर्व तमु ल्होसार २०८१ को अवसरमा १७ औं युनाइटेड कप वडा स्तरीय फुटवल प्रतियोगिताको क्वाटर फाइनलका खेलहरु सुरु भएका छन् ।

पहिलो खेल मर्स्याङदी गा.पा.वडा नं ३ मनासलु ढागै र मर्स्याङ्दी गा.पा. ३ पल्लोटारीको खेलमा १ का बिरुद्ध ५ गोल गर्दै वडा नं ३ मनासलु ढागै विजयी हुन सफल भएको छ।

दोस्रो खेल मर्स्याङ्दी गा. पा वडा ९ ( बि) र
मर्स्याङ्दी गा.पा. वडा ७ तराचोक बिच भएको खेलमा २ का बिरुद्ध ३ गोल गरेर मर्स्याङ्दी गा.पा. वडा ७ तराचोक विजय भएसंङ्गै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

त्यसै गरि सम्पन्न तेस्रो खेलमा मर्स्याङ्दी वडा नं ९ ( ए) र मर्स्याङ्दी वडा नं ४ बिच भएको खेलमा १ का बिरुद्ध २ गोल गरेर मर्स्याङ्दी वडा नं ४ सेमि फाइनलमा प्रवेश गर्न सफल भएको छ। हिंजोको खेलमा म्यान दि म्याच मर्स्याङ्दी वडा ४ का जर्सी नं १० जीवन गुरुङ भए । यो जीत सँगै वडा नं ४ सेमीफाइनल प्रवेश गरेको छ भने आज अर्थात् १७ औं युनाइटेड कपको चौथो दिनको दोस्रो क्वाटफाइनल खेलहरु मर्स्याङ्दी
गा.पा वडा नं २ युनाइटेड ( ए) र मर्स्याङ्दी वडा नं ३ खुदी यूथ बिच हुने छ ।
दोस्रो खेल मर्सयाङ्दी गा.पा वडा नं ३ (मनासलु ढगै) र मर्स्याङ्दी गा.पा.२ (युनाइटेड बि) बिच हुने छ। तेस्रो खेल मर्स्याङ्दी वडा नं ५ घेर्मु र मर्स्याङ्दी ७ जूनतारा ताराचोक बीच क्वाटर फाइनलका खेलहरु हुने छन् ।

गाउँपालिका भित्रका खेलाडीहरुको पहिचान गर्न,गाउँपालिका भित्रका युवाहरु विच मैन्त्री पुर्ण सम्बन्ध कायम गराउन,खेलाडीहरुको मनोबल बढाउन र खेल पर्यटनको विकास गर्ने उद्देश्यका साथ वडा स्तरिय प्रतियोगिता सुरु भएको कार्यक्रमका सभापति एवं क्लबका अध्यक्ष भक्त बहादुर गुरुङले बताए । प्रतियोगितामा १४ टिमको सहभागीता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख र,ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय हुने टिमलाई नगद ६० हजार,ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने भने सेमिफाइनलमा पराजित हुने दुई टिमलाई नगद १५,१५ हजार रुपैयाँ,अनुशासीत टिमलाई नगद १० हजार,सर्वाधिक गोल कर्तालाई नगद ५ हजार ,सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष गुरुङले प्रहार समाचारलाई जानकारी दिए।

‘स्वास्थ्य, अनुसासन, गतिशीलता, स्थानीय खेलाडीलाई प्रोत्साहन र प्राथमिकता’भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गरेका थिए ।
























