प्रहार समाचार । तनहुँ, २६ मंसिर २०८१ बुधवार । भानु नगर पालिकामा एशिया-प्यासिफिक टेलिकम्युनिटी (एपीटी) को अन्तर्राष्ट्रिय सहयोगी अनुसन्धानको कार्यक्रम अन्तर्गत भानु नगरपालिका अन्तरगत ‘नेपालमा हिमालय नजिकैको उच्च पहाडी क्षेत्रमा स्मार्ट गाउँहरूका लागि कृषि डिजिटल इकोसिस्टम डिजाइन गर्नको लागि सहयोगी अनुसन्धान ‘ सम्बन्धी कार्यशाला हिंजो काठमाडौँमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा भानु नगरपालिकाका नगर प्रमुख आनन्द राज त्रिपाठिले सम्बोधन गर्दै इबिसि- जे EBC-J परियोजना भानु नगरपालिकामा भित्र्याउने केहि वर्षदेखिको प्रयाशले सन् २०२३ मा आगाडि बढ्ने अवसर प्राप्त गरेको बताए ।

नगर प्रमुख त्रिपाठिले मेक्सटेच (MAXTECH )अध्ययन र सेवाहरू-को निरन्तर प्रयाश मार्फत जापान दूरसञ्चार ईन्जिनियरिङ् र परामर्श सेवा संग हाम्रो सम्पर्क स्थापित भयो | EBC-J २०२३ परियोजनाको परिकल्पनाको चरणदेखि नै भानु नगरपालिकाको MAXTECH तथा JTEC संगको निरन्तर सम्बाद र सहकार्य समेतको बलमा यस बिन्दुमा आउन सफल भएको बताए । परियोजनाको प्रस्ताव पेश भएदेखिनै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त सहयोग अनि मार्गदर्शनका निम्ति नगर प्रमुख त्रिपाठीले आभार प्रकट गरे ।
उक्त कार्यशालामा भएको छलफलले यस परियोजना लगायत भानु नगरपालिकाको कृषि क्षेत्रमा सूचना प्रविधिको उपयोग गर्दै आगाडि बढ्ने समेत नगर प्रमुख त्रिपाठीले विश्वास लिए । कार्यक्रममा उपस्थित विज्ञहरुद्वारा प्रकट गरिएको विचार तथा सुझाबले भानु नगरपालिकाको विकास प्रयाशमा सहयोगीको भूमिका खेल्ने विश्वास पालिकाले लिएको छ। यस परियोजनाका उपलब्धिहरु अन्य पलिकहरुको निम्ति समेत उपयोगी हुनेछन् भन्ने विश्वास पालिकाले लिएको छ। कार्यशालामा बोल्दै नगर प्रमुख त्रिपाठिले निरन्तरको सहयोगको निम्ति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका साथै कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रति आभार प्रकट गरे ।
























