प्रहार समाचार । प काठमाडौँ, २६ मंसिर २०८१ बुधवार । देशमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको कारण काठमाडौं उपत्यका लगायत देशैभरि निरन्तर चिसो बढिरहेको छ। यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन्।

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछाने बताउँछन् ।
आज विहानैदेखि तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लागेको छ । कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ। उता तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको बिभागले जनाएको छ।
उता आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग , मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।
























