प्रहार समाचार । तनहुँ, २५ मंसिर २०८१ मङ्गलवार । नेपाल महिला संघका संस्थापक केन्द्रीय अध्यक्ष मंगलादेवी सिंहको १०० औं जयन्तीको अवसरमा भिमादमा आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको १०० दिने अभियान अन्तर्गत आयोजित उक्त कार्यक्रममा बोल्दै नेपाली काग्रेस महासमिति सदस्य सरिता गुरुङले तात्कालिन समयमा पनि आम महिलाहरुको हक हितका लागि लड्ने सिंहको साहश र अठोटबाट सम्पूर्ण महिलाहरुले प्रेरणा लिनुपर्ने बताइन् ।

कार्यक्रममा महासमिति सदस्य द्वय माया राना,पम्फा थापा , महाधिवेशन प्रतिनिधि आसा थापा , भानु नगरपालिकाका उपप्रमुख उमा गोतामे ,भिमाद ने का प्रदेश उप सभापति आनन्ददेव श्रेष्ठ , भिमाद न पा सभापति अर्विन श्रेष्ठ, व्यास नपा नेका उपसभापति शोभा बडु, जिल्ला सदस्यहरू ,क्षेत्रीयसभापति ,
नेपाल महिला संघ नगर सभापति रोमाया थापा , महिला जिल्ला सदस्यहरू, ने का नगर सदस्यहरू, अन्य जनप्रतिनिहरू भिन्न वडाबाट नेपाली काग्रेसका नेताहरूको उपस्थित रहेको थियो ।

आगन्तुक सबैलाई महिला संघ जिल्ला कोषाध्यक्ष देवि सुबेदीले स्वागत गरिन् भने कार्यक्रमको सहजिकरण महिला सघं जिल्ला सचिव एवं ने का जिल्ला सदस्य कल्पना पोख्रेलले सहजीकरण गरेकी थिइन् । कार्यक्रम नेपाल महिला संघ जिल्ला अध्यक्ष पवित्रा पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
























