• सुशिल बि. क.( प्रशिक्षार्थी पत्रकार ) । प्रहार समाचार । तनहुँ, २५ मंसिर मङ्गलवार । तनहुँको दमौलीका सुदिप गफ्फार र उनका साथिहरुको समूहले आर्थिक अवस्था कमजोर तथा विपन्न विद्यार्थीहरूलाई स्वीटर र मोजाहरु वितरण गर्ने कार्य जारि राखेका छन्।

उक्त समूहले व्यास नगरपालिका वडा नं. -६, मा रहेको माहेन्द्री माध्यमिक विद्यालयका २५ जना विधार्थीहरुलाई स्विटर र मोजा वितरण गरेका विद्यालयक प्रधानाध्यापक अमृत बहादुर थापाले जानकारी दिए ।
तिहारमा देउसी भैलो खेलेर उठेको ४० हजार रकमबाट विपन्न विद्यार्थीहरूलाई स्वीटर र मोजा वितरण गरेका साथै तनहुँका २ सय जना विपन्न विद्यार्थीहरूलाई स्वीटर र मोजाहरु वितरण गर्ने लक्ष्य रहेको सुदीपले बताए ।
























