प्रहार समाचार । तनहुँ, २५ मंसिर २०८१ मङ्गलवार । म्याग्दे गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष हिरालाल गुरूङले म्याग्दे गाउँ पालिकाकाे विकासकालागि व्यवसायीकाे भुमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

म्याग्दे गाउपालिकाकाे आयाेजना र तनहुँ उद्योग वाणिज्य सघ थर्पु वजार ईकाइकाे सहकार्यमा म्याग्दे गाउँपालिका ६ नं. वडामा आज संचालन भएकाे व्यवसाय दर्ता अभियानकाे प्रमाणपत्र वितरण गर्दै अध्यक्ष गुरुङले साे कुरा बताएका हुन्।
गाउँपालिका भित्र व्यापार व्यवसाय गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउने उदेश्यले अभियानकै रूपमा दर्ता तथा सुचिकृत आईतवार देखि सुरु गरिएकाे हाे । धार्मिक,पर्यटकीय र हाेटल व्यवसायमा अगाडि रहेकाे यस वडामा स्थानिय व्यवसायिले गाउँपालिकाले संचालन गरेकाे अभियानमा सहयाेग गरेकाे अध्यक्ष गुरुङले बताए । ‘व्यवसायीकाे क्षमता विकासकालागि गाउँपालिकाले आवश्यक सहयाेग गर्ने छ ।’ – उनले भने ।

तनहुँ उद्योग वाणिज्य संघ थर्पु वजार ईकाइ समितिका सभापति शुन्दरमणि अधिकारि,गाउँपालिकाकाे आर्थिक विकाश शाखा प्रमुख प्रदिप न्याैपाने, अधिकृत ईन्द्र प्र साद खनाल, ईकाई उपाध्यक्ष सुरेन्द्र अधिकारी,सचिव राजिव श्रेष्ठ लगायतकाले व्यवसायीलाई सजिलाेकाे लागि वडामा गएर नै सुचिकृत तथा दर्ता अभियान सन्चालन गरिएकाे बताएका थिए ।
उद्योगी, व्यवसायी, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी एक्कैसाथ दर्ता तथा सुचिकृत अभियानमा हिडेपछि कर्तव्य बोधका साथ व्यवसायीहरुले व्यावसाय दर्ता अभियानमा सरिक भएका ग हुन् । यस अभियान अन्तर्गत उक्त वडामा २ सय भन्दा वढि व्यवसायी सुचिकृत भएकाे पालिकाले जनाएको छ।
























