प्रहार समाचार । बारा , २५ मंसिर २०८१ मङ्गलवार । बाराको प्रसिद्ध गढीमाईमा आयोजित मेलामा सहभागी भएर फर्किएको एक यात्रु वाहक स्कारपियो गाडी दुर्घटना हुँदा आठजनाको मृत्यू हुन पुगेको छ।

मंगलबार मध्यराति १ बजेतिर चन्द्रपुर नगरपालिका-४स्थित पूर्वपश्चिम राजमार्गको धन्सार-लमाहा खण्डमा धन्सारपुल नजिक बा १६ च ३१६२ नम्बरको स्कारपियो दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले बताए ।
गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी चढेको स्कर्पियो अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किन पुगेको थियो ।
प्रहरीका अनुसार सिराहा अर्नमा गाउँपालिका(३ का ६० वर्षीया फुलमन्ति रामको उपचारको क्रममा मृत्यु भएको छ। सिराहा अर्नामा गाउँपालिका-३ बंठियाटोल बस्ने ६० वर्षीय लरुवतीदेवी महरा, ३० वर्षीय र्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी चमार, ६० वर्षीय रामकुमारी देवी महरा र ३० वर्षीय सकुन्तला देवि महराको मृत्यु भएको प्रहरीले जनाएको छ। थर वतन नखुलेको अन्दाजी ४५ वर्षीय स्कर्पिओ चालकको पनि उपचारको क्रममा मृत्यु भएको छ । अ
घाइतेहरुको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एक जनालाई थप उपचारको लागि वीरगन्ज रेफर गरिएको डीएसपी राईले जानकारी दिए ।
























