प्रहार समाचार । तनहुँ, २५ मंसिर २०८१ मङ्गलवार । तनहुँ जिल्ला हक्की संघको अध्यक्षमा दमौलीका कविराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।

हिंजो दमौलीमा सम्पन्न भेलाले श्रेष्ठको अध्यक्षतामा सात सददस्य रहेको कार्य समिति सर्वसम्मत चयन गरेको हो। संघको उपाध्यक्षमा भूपाल आले मगर, सचिवमा शेषराज श्रेष्ठ ,कोषाध्यक्षमा उमेश भण्डारी र सदस्यहरूमा क्रमश : मालती अधिकारी गिरी, गणेशबहादुर केसी र गगनबहादुर केसी रहेका छन्।

संघको प्रदेश प्रतिनिधिमा बलबहादुर शाही र कविराज श्रेष्ठ चयन भएका छन्। कार्यक्रममा हक्की संघ केन्द्रीय सदस्य हितबहादुर गुरुङले श्रेष्ठको कार्य कालमा हक्की लगायत खेलकुँदमा उदाहरणीय काम गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपक बहादुर थापा, सदस्य अजय क्षेत्री,सदस्य रविकान्त आचार्य र तनहुँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे लगायतले नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
























