हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको दमौलीमा प्रथम मिजार समाज नगर सम्मेलन सम्पन्न : अध्यक्षमा सिर्मल

प्रहार समाचार । तनहुँ, २५ मंसिर २०८१ मङ्गलवार । मिजार समाज नेपाल,व्यास नगर तदर्थ समितीको आयोजनामा  प्रथम व्यास नगर मिजार समाज नगर सम्मेलन सोमवार  दमौलीमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घघाटन गर्दै  केन्द्रिय सदस्य गोपाल सुर्खालीले  मिजार समाजको सङ्गठन देशैभर विस्तार भइरहेको र आफ्नो अधिकार प्राप्तिको लागी सङ्गठित र सचेत हुनु पर्ने बेला आएको बताए ।


जिल्ला अध्यक्ष रन सिंङ नेपालीले मिजार समाज कुनै राजनितीक दल विशेषको  सङ्गठन नभई उत्पिडीत मिजार समुदायको साझा घर भएको बताउँदै जिल्लाका सबै पालिकाहरुमा  सङ्गठन विस्तार गर्दै सांगठनिक रूपमा एक भएर लाग्नु पर्ने बताए ।

कार्यक्रममा पूर्व केन्द्रिय सदस्य प्रेम रम्तेल, दलित नेता सिताराम सुर्खाली , जिल्ला सदस्य  तथा व्यास नगरसभा सदस्य सकुन्तला ठडराई , दलित पत्रकार जिल्ला अध्यक्ष पूर्ण वि क, सुनचाँदी  व्यवसायी संघका केन्द्रिय सदस्य विकास सुनार , समाजका जिल्ला उप सचिब शर्मिला गैरे साथै नेपाल स्वरोजगार व्यापार संघ केन्द्रिय सदस्य चन्द्रा धमेल लगायतले शुभकामना दिएका थिए ।

सम्मेलनले  एक बहादुर सिर्मलको अध्यक्षतामा २१ सदस्यीय मिजार समाज व्यास नगर समिती गठन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण रम्तेल , सचिवमा सोम बहादुर अछामी, कोषाध्यक्षमा चन्द्रा धमेल, उपसचिवमा इन्द्र रम्तेल  रहेका छन्। एक बहादुर सिर्मलको अध्यक्षतामा संचालित कार्यक्रममा सूर्य बहादुर नेपालीले स्वागत  र  सोम बहादुर अछामीले सहजीकरण गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button