• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ , २४ मंसिर २०८१ सोमवार । लमजुङको मस्याङ्दी गाउपालिका -२,घनपोखरा स्थित केकेम खेलमैदानमा तमुहरुको महान पर्व तमु ल्होसार २०८१ को अवसरमा १७ औं युनाइटेड कप वडा स्तरीय फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ।

‘स्वास्थ्य, अनुसासन, गतिशीलता, स्थानीय खेलाडीलाई प्रोत्साहन र प्राथमिकता’भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले खेलाडीहरू स्वास्थ्य, अनुशासित र शिक्षित हुनु अहिलेको आवश्यकता रहेको चर्चा गरे। उनले राष्ट्रिय खेलाडी उत्पादन गर्नमा यस्ता प्रतियोगिताहरू कुशेढुंगा साबित हुने बताए ।

अध्यक्ष गुरुङले युनाइटेड विच युवा क्लबले सामाजिक लगायत हरेक काममा अगाडि बढेकोमा धन्यवाद दिदै आगामी दिनमा गाउँ पालिकाले क्लबलाई राम्रो काममा सधै सहयोग गर्न तयार रहने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिका भित्रका खेलाडीहरुको पहिचान गर्न,गाउँपालिका भित्रका युवाहरु विच मैन्त्री पुर्ण सम्बन्ध कायम गराउन,खेलाडीहरुको मनोबल बढाउन र खेल पर्यटनको विकास गर्ने उद्देश्यका साथ वडा स्तरिय प्रतियोगिता सुरु भएको कार्यक्रमका सभापति एवं क्लबका अध्यक्ष भक्त बहादुर गुरुङले बताए ।

१४ टिमको सहभागीता रहेको प्रतियोगिताको उद्घाटन खेल आयोजक युनाइटेड बिच घनपोखरा (बि) र मर्स्याङ्दी गाउँपालिका वडा नं. १ बिच भएको थियो । जसमा मर्स्याङ्दी गाउँ पालिका वडा नम्बर-१,लाई १ गोलका विरुद्ध २ गोल गर्दै आयोजक क्लब ( बि ) ले जित हासिल गरेको छ ।

कार्यक्रममा मस्याङ्दी गाउँ पालिकाका सम्पूर्ण वडाका वडा अध्यक्षहरु,आमा, बाबा समुहका अध्यक्ष लगायत पदाधिकारीहरु,युवा क्लबका अध्यक्ष लगायत पदाधिकारी तथा स्थानीयहरुको बाक्लो उपस्थित रहेकोे थियो । त्यस अवसरमा वडा नं.- २ का वडा अध्यक्ष चेत बहादुर गुरुङ, वडा नं.-५ का वडा अध्यक्ष तथा मर्स्याङ्दी गाउँपालिका आर्थिक विकास समितिका संयोजक घनश्याम घले, राष्ट्रिय प्रजातान्त्रिक भूपू सैनिक संगठनका केन्द्रीय उपाध्यक्ष क्याप्टेन केवेन्द्र जंग गुरुङ, क्लबका तर्फबाट पुष्पराज गुरुङ लगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा मोर्ङि टोल विकास संस्थाका संयोजक कन्य प्रसाद गुरुङले आगन्तुक सबैलाई स्वागत गरेका थिए भने कार्यक्रमको सहजिकरण क्लबका सदस्य संतोष गुरुङले गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख र,ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय हुने टिमलाई नगद ६० हजार,ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने भने सेमिफाइनलमा पराजित हुने दुई टिमलाई नगद १५,१५ हजार रुपैयाँ,अनुशासीत टिमलाई नगद १० हजार,सर्वाधिक गोल कर्तालाई नगद ५ हजार ,सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष गुरुङले प्रहार समाचारलाई जानकारी दिए।

कार्यक्रममा पुरुष तर्फ कालिज टिपाई,महिला तर्फ कुर्ची चाल,घैटो फुटाई,रिले दौड साथै महिला र पुरुष तर्फ डोरी तान्ने प्रतियोगिता हुने छ ।

त्यस अवसरमा पुरोहित गुरु घ्याप्रे – पच्यु ( झाँक्री ) , लामा गुरुहरु साथै , घाटु- कृष्ण चरित्र, तामरो छोरी लगायतका परम्परागतका संस्कार र संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिएको क्लबका सचिव पुष्प राज गुरुङले जानकारी दिए । भोलिको खेल खेल नम्बर २,३ र ४ बीच हुने कार्य तालिका रहेको छ।

























