हेडलाईनव्याससमाचारगण्डकी

स्व. टंकनाथ पराजुलीको १० औं स्मृति दिवस: पराजुलीले शिक्षा क्षेत्रमा पुऱ्याएको योगदानको चर्चा

प्रहार समाचार । तनहुँ, २४ मंसिर २०८१ सोमवार । शैक्षिक व्यक्तित्व स्वर्गीय टंकनाथ पराजुलीको १० औं स्मृति दिवस आज दमौलीमा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ।

टंकनाथ पराजुली शैक्षिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं १ का सांसद शंकर भण्डारीले टंक नाथ पराजुलीले समग्र शैक्षिक क्षेत्रमा पुऱ्याएको योगदान अविश्मरणीय रहेको बताए ।

कार्यक्रममा व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने, संविधान सभा सदस्य एवं नेका केन्द्रीय सदस्य ध्रुव वाग्ले, नेका तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, विद्धान व्यक्तित्व शेषमणि आचार्य , समुन्द्र गोदार  पुष्पकला भट्टराई , केशव काफ्ले, राधा पराजुली लगायतले स्वर्गीय पराजुलीले समग्र शैक्षिक क्षेत्रमा पुऱ्याएको योगदान अतुलनिय रहेको बताएका थिए ।

स्वर्गीय पराजुलीले २०३७ सालदेखि कर्णाली जिल्लाका मुगु र हुम्लामा झण्डै १२ वर्ष र बहुदलीय व्यवस्था पछि २०४९ साल देखि तनहुँमा सरुवा भई झण्डै २० वर्षसम्म अनवरत रूपमा शिक्षा क्षेत्रमा सेवा गरेका थिए । पराजुलीको कार्यकालमा सामान्य विद्यालयको रूपमा परिचित दमौलीको सत्यवती माध्यामिक विद्यालय राष्ट्रिय स्तरमा नै स्तरीय विद्यालयका रूपमा स्थापित हुन पुगेको थियो ।

कार्यक्रममा प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न ४० वटा लेख रचनाहरु समेटिएको ‘टंकनाथ पराजुली स्मृतिदर्पण २०८१ ‘ को लोकार्पण गरिएको थियो ।

त्यस अवसरमा ‘वर्तमान शिक्षा प्रणालीमा परिवर्तनको आवश्यकता’ विषयमा डा. कुशुमाकर न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि विभिन्न व्यक्तिहरुले टिप्पणी गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष प्रेमप्रकाश भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजिकरण सचिव खिमकान्त पराजुलीले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button