हेडलाईनसमाचारगण्डकी

गण्डकी प्रदेश सभा सदस्य बन्दै थापा

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । काठमाडौं, २४ मंसिर २०८१ सोमवार । नेपाली कांग्रेसले समानुपातिक तर्फको रिक्त गण्डकी प्रदेश सभा सदस्यमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ । यो निर्णय संङ्गै अव थापा प्रदेश सभा सदस्य बन्ने भएकी हुन्।

आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विमला गौचन को निधन पछी रिक्त रहेको गण्डकी प्रदेश सभा सदस्य पदमा क्रम संख्या अनुसार अगाडि रहेकी सुनिता थापालाई सिफारिस गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

निर्वाचन आयोगले गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएपछि कांग्रेसलाई अर्को नाम सिफारिस गर्न भने पछी कांग्रेसले उक्त स्थानमा थापाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।

थापाको नाम आदिवासी जनजाति महिला तर्फ बन्द सूचीमा पाँचौँ नम्बरमा थियो । सुनिता भन्दा अगाडीका चार जना प्रदेश सभा सदस्य बनिसकेका छन् ।  अब पाचौं नम्बरमा रहेकी स्याङ्जा चापाकोट नगरपालिका वडा नम्बर -९,की थापा गण्डकी प्रदेश सदस्य बन्ने भएकी हुन ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button