हेडलाईनसमाचारगण्डकी

लमजुङमा ट्याक्टर दुर्घटना : एक युवकको निधन 

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, २४ मंसिर २०८१ सोमवार । लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर-६, ठूलोबेसीको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको निधन भएको छ ।

 

दुर्घटनामा परी निधन हुनेमा लमजुङको दुधपोखरी गाउँपालिका वडानम्बर-२,भुम्लिचोक घर भएका २५ बर्षीय मेगराज लामा रहेका छन ।


ऊनी ट्याक्टरको सह चालक हुन् । सदरमुकाम बेसीशहरबाट बिहेको सामान बोकेर सोहि वडाको ताराचोक गाउँ तर्फ जाँदै गरेको ग १ त ६१४१ नम्बरको ट्याक्टर सोमबार बिहान करिब ३.४५ बजे अनियन्त्रित भई सडक देखी अन्दाजी १५ मिटर तल खस्दा सोहि ट्याक्टरमा च्याप्पिएर लामाको निधन भएको प्रहरी चौकी बाहुन डाँडाका प्रहरी सहायक निरीक्षक कुमार के.सी.ले जानकारी दिए। 

उनको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले ट्याक्टर चालक धादिङ  जिल्लाको बेनिघाट गाउँपालिका वडा नम्बर-६,बस्ने २८ बर्षीय गणेशमान चेपाङलाई नियन्त्रणमा लिएको छ ।  घट्ना बारे आवश्यक अनुसन्धान भइरहेको र निधन भएका लामाको शव भने पोस्ट मार्ट्मको लागि लमजुङ अस्पताल बेसीशहरमा राखीएको प्रहरीले  जनाएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button