प्रहार समाचार । तनहुँ, २४ मंसिर २०८१ सोमवार । तनहुँको आँबुखैरेनी गाउँपालिका हाताभित्र रहेको आबुखैरेनी अस्पताल मृगौला डायलेसिस गर्ने सूचीमा परेको छ।

पालिकाका अध्यक्ष शुक्र चुमानले अस्पताल डायलेसिस सूचीकरणमा परेको बताए । जस्का लागि उनले वर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेललाई धन्यवाद दिएका छन्। ‘अब अस्पताल सूचिकरणमा परेपछि बिरामीहरुलाई ठूलो राहत हुने भयो, यहाँका विरामीहरुले अस्पतालबाट डायलेसिस सेवा पाउने भए, यो खुशीको कुरा हो ।’- उनले भने ।

अस्पतालका मे.सु डा. डि.बि क्षेत्रीले अस्पतालमा सेवा सुचारू गरिएको प्रहार समाचारलाई बताए । तात्कालिन प्रधानमन्त्री प्रचण्डबाट तत्कालीन समयमा उपलब्ध पाँच थान मेसिनबाट अस्पतालको आफ्नै खर्चमा सिमित संख्यामा सेबा दिएकाे थियो । ‘अब क्षमता अनुसारको सेवा दिने बाटो खुलेको छ।’ – अध्यक्ष चुमानले थपे ।

























