प्रहार समाचार । तनहुँ, २४ मंसिर २०८१ सोमवार । नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी ( केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले नयाँ पार्टी प्रति वर्तमान सरकार अनुदार भएको चर्चा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेलाई दुःख दिने उद्देश्यले यो र त्यो बाहना गरिरहेको बताएका छन्।

लोकतन्त्रको बिकल्प लोकतन्त्र नै भएको चर्चा गर्दै यसको गहना भनेको राजनीतिमा नयाँ शक्ति जन्मनु सुन्दर पक्ष रहेको बताउँदै आफ्ना पार्टीका भ्रष्टाचारका काण्डलाई ओझेलमा पार्न र झिसमिस पार्न वर्तमान गठबन्धन भएको बताए ।
नेकपा ( माओवादी ) केन्द्र निकट प्रेस सेन्टर तनहुँको आयोजनामा आज दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पुनले लोकतन्त्रको इन्जिनलाई मर्मत गर्नु पर्ने लाक्क्षणिक अभिव्यक्ति दिदै उनले आगामी चुनाबमा माओवाडी एक्लै चुनावमा जाने बताए । कार्यक्रम प्रेस सेन्टर तनहुँका अध्यक्ष सानेबहादुर नेपालीको सभापतित्वमा सम्पन्न भएको थियो ।
























