हेडलाईनसमाचारप्रदेश

‘सरकार सञ्चालन गर्नु सहकारी ठगेजस्तो होइन।’ – प्रधानमन्त्री ओली

प्रहार समाचार । तनहुँ, २४ मंसिर २०८१ सोमवार । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार सञ्चालन गर्नु सहकारी ठगेजस्तो नभएको भन्दै कटाक्ष गरेका छन्।

झापाको बेलडाँगी खानेपानी आयोजना उद्‌घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्नु सहकारी ठगेजस्तो सजिलो  नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) सभापति समेत रहेका पूर्व गृहमन्त्री रवि लामिछाने प्रति कटाक्ष गरेका हुन्।

प्रधानमन्त्री ओलीले भने- ‘सरकारले काम नगर्ने धाक धक्कु लगाउने चल्यो, बाच्छाहरूले पनि हान्ने अवस्था आयो, हान्दा केही भइहाल्ने त होइन । सिङ नपलाएका मुडुला बाच्छाले हानेर केही हुने त थिएन । ’  ‘देश बनाउने कुनै तरिका सोच देखिएन, अस्थिरता, अन्योल र स्टन्टबाजीबाट देश बन्दैनथ्यो ।’- प्रधानमन्त्री ओलीले भने।

आफुलाई कालो झण्डा देखाएर विरोध गरिएको प्रति लक्क्षित गर्दै प्रधान मन्त्री ओलीले भने ‘ – ‘यहाँ भएको विकास देखेर कतिपयलाई भतभत पोलेको छ ।’

‘हामी नै सरकारमा किन आउनुपर्‍यो ? किन कांग्रेस र एमाले मिल्नुपर्‍यो ? दुई वटा पार्टी नमिल्दा, अस्वस्थ गतिविधि भए । सरकारले काम नगर्ने धाक धक्कु लगाउने चल्यो, बाच्छाहरूले पनि हान्ने अवस्था आयो, हान्दा केही भइहाल्ने त होइन । सिङ नपलाएका मुडुला बाच्छाले हानेर केही हुने त थिएन,’ ओलीले भने, ‘देश बनाउने कुनै तरिका सोच देखिएन, अस्थिरता, अन्योल र स्टन्टबाजीबाट देश बन्दैनथ्यो ।’


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button