हेडलाईनसमाचारप्रदेश

एम्बुलेन्सबाट नै लागू औषधको तस्करी : एम्बुलेन्स चालक पक्राउ

प्रहार समाचार । तनहुँ, २४ मंसिर २०८१ सोमवार । बिरामी बोक्ने एम्बुलेन्स बाट नै प्रतिबन्धित लागूऔषध कारोबारको तस्करी कसरी हुन्छ भन्ने कुरा एम्बुलेन्समा ठूलो परिमाणको लागू औषध बरामत भएपछि पुष्टि हुन्छ ।

इलाका प्रहरी कार्यालय धुलेखेल , काभ्रेपलाञ्चोकले ठूलो संङ्ख्यामा प्रतिबन्धित लागू औषध यसरी बरामत गरेको हो वि पि राजमार्गको सवारी साधनहरु चेकजाँच गर्ने क्रममा शुक्रवार  महोत्तरी जिल्लाको बर्दिबासबाट काठमाण्डौ तर्फ बिरामी लिई आएको ज १ च १९०८ नम्बरको एम्बुलेन्सबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध बरामत भएको हो ।

एम्बुलेन्स चालक प्रहरीले धनुषाधाम नगरपालिका वडा नं ६ हरिपुर बस्ने सुरेश मिझारले  प्रतिबन्धित लागू औषध नोफिन २ एम एलको एक हजार थान एम्पुल , डेजिपम्म एक हजार थान एप्पुल , फिनारर्जीन २ एम एलको एक हजार थान गरि तीन हजार एप्पुल एम्बुलेन्समा लुकाई छिपाई ल्याएको प्रतिबन्धित उक्त लागूऔषध  बरामत गरिएको जिल्ला प्रहरी  कार्यालय काभ्रेपलाञ्चोकका  प्रहरी नायव निरिक्षक एवं सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिए । 

एम्बुलेन्स चालक मिझारलाई  काभ्रेपलाञ्चोक जिल्ला अदालत बाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको जनाइएको छ। प्रतिबन्धित लागू औषध कारोबारमा संलग्न चालक र एम्बुलेन्स सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button