प्रहार समाचार । काठमाडौँ २७ कात्तिक २०८१ मङ्गलवार । राजिव गुरुङ उर्फ ‘दिपक मनाङे’ लाई प्रहरीले पक्राउ गरी हत्कडी लगाउन सफल भएको छ।सानो भर्याङस्थित कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा आज बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले फैसला सदर गरेको एक सातासम्म पनि गुरुङ अदालतमा उपस्थित नभएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उनलाई पक्राउ गरेको हो । सीआइबीका प्रवक्ता एवं एसपी होविन्द्र बोगटीले सर्वोच्च अदालतको फैसला कार्यान्वयनको लागि मनाङेलाई पक्राउ गरिएको बताए ।
व्यक्ति हत्या प्रयासको आरोपमा सर्वोच्च अदालतले कात्तिक २० गते ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेको थियो । त्यसपछि उनी फोन स्विच अफ गरेर सम्पर्कविहीन भएका थिए ।
























