प्रहार समाचार । तनहुँ, २७ कात्तिक २०८१ मङ्गलवार । सातौं साफ महिला च्याम्पियनसीप खेलमा सहभागी अन्तर्राष्ट्रिय महिला खेलाडी व्यास–४ निवासी विमला बि.क.लाई व्यासनगर पालिकाले सम्मान गरेको छ।

खेलाडी बि.क.लाई नगरपालिकाको तर्कबाट नगद तीस हजार सहित सम्मान गरिएको हो ।
नगरप्रमुख बैकुण्ठ न्यौपाने, उप प्रमुख ईन्दिरा दरै , प्रमुख प्रशासकिय अधिकृत काशिराम गैह्रे लगायतले खेलाडी बि. क . लाई नगरपालिकामा हिंजो सम्मान गरिएको हो । त्यस अबसरमा बोल्दै नगर प्रमुख बैकुण्ठ न्यौपानेले खेलाडीहरु राष्ट्रिय गहना भएकोले नगरपालिका खेल क्षेत्र र खेलाडीहरुको मनोबल बढाउने कार्यमा सधैं लागिरहने बताए ।
























