हेडलाईनसमाचारगण्डकीसूचना प्रविधि

लमजुङमा नै उत्पादिक विद्युत  लमजुङमा  वितरण शुरु

• विजय अधिकारी । ( संवाददाता  ) लमजुङ , २५ कात्तिक २०८१ आइतवार ।  जिल्लामा आज साँझ ४ बजेबाट आफ्नै जिल्लामा उत्पादित बिद्युत वितरण शुरु गरिएको छ ।

नेपाल बिद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले मर्श्याङ्दी कोरिडोरको बेसीशहर नगरपालिका वडा नम्बर-१,उदिपुरमा निर्माण सम्पन्न २२०/१३२/३३ के भि सबस्टेसन बाट लमजुङ जिल्लामा बिद्युत वितरण गरेको हो ।


सबस्टेसनको निर्माण सम्पन्न भएपछी बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पावर ट्रान्सर्फमर लगायतका उपकरणहरु,बिद्युत प्रसारण लाईनहरुको सफलता पुर्वक परिक्षण र निरीक्षण गरेपछि बिद्युत वितरण गरिएको लमजुङ वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईले प्रहार समाचारलाई जानकारी दिए ।

उनले भने-लमजुङमा तनहुँको सदरमुकाम दमौली बाट आउने ३३ के भि लाईन बाट बिद्युत वितरण हुदै आएको थियो । लमजुङ जिल्लामा उत्पादन भएको बिद्युत राष्ट्रिय प्रशारण लाईनमा जोडिएर पुनः लमजुङमा आउन  ६० की.मी. दुरिपार गर्नुपर्नेमा अब जम्मा २ की.मी. दुरि पार गर्नुपर्ने र यसले गर्दा बाँकी ५८ कि.मी.क्षेत्रमा समस्या हुँदा लमजुङमा लाईन जाने समस्याको अन्त्य  हुने छ ।

अब लमजुङमा उत्पादित बिद्युत जिल्ला भित्रै बाट वितरण हुने भएपछी अन्य जिल्लाको समस्याले जिल्लामा बिद्युत अवरोध हुने छैन । नेपाल बिद्युत प्राधिकरण र हिमालयन पावर पर्ट्नर बीचको बिद्युत खरिद बिक्री संझौता बमोजिम २७ मेघावाटको दोर्दी खोला जलविद्युत आयोजनाको विद्युत,दोर्दी कोरिडोर १ सय ३२ के भि ड्बल सर्किट प्रशारण लाईनलाइ पनि सोही सबस्टेसनमा जोडीने छ ।  प्रसारण लाईन बाट झन्डै १ हजार ६ सय मेगावाट बिजुली प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button