हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आचारसंहिता प्रतिकूल कार्य गर्ने चार सञ्चारमाध्यम कालोसूचीमा

प्रहार समाचार । काठमाडौँ, २६ कात्तिक २०८१ सोमवार । आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै प्रेस काउन्सिल नेपालले  विभिन्न चारवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । त्यस्तै, विभिन्न सातवटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी   छानबिन गरिरहेको जनाएको छ । 

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिकोको हिंजो बसेको  बैठकले उक्त निर्णय गरेको हो । काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना सामग्री सम्प्रेषण गर्ने ती सञ्चारमाध्यमलाई कारबाही गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएको हो । एक साप्ताहिक, एक टेलिभिजन र दुई अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय गरेको हो ।

यसरी कालोसूचीमा पर्ने सञ्चारमाध्यमहरुमा त्रिनेत्रपोष्ट साप्ताहिक, योहो टेलिभिजन, कोशीपोष्ट डट कम, खोजतलासअनलाइन डट कम छन् । काउन्सिलले भ्रामक सूचना सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको छ । 

त्यसैगरि काउन्सिलले सातवटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानबिन थालेको छ । छानबिनमा परेका सञ्चारमाध्यमहरुमा  दियोपोष्ट डट कम, मोटिभेटन्यूज डट कम, एवननेपालन्यूज डट कम, अनलाइनटिभिनेपाल डट कम, राइटसञ्चार डट कम, ताजाखबर टिभि र विजिटिभी (युट्युब च्यानल) छन् ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यहरु ठाकुर बेल्वासे, लालबाबु शेष, विजयराज अधिकारी, शरदप्रसाद अधिकारी, नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष बाला अधिकारी, नेपाल बार एसोसिएसनका महासचिव अन्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल सहभागी बैठकले यससम्बन्धी निर्णय गरेको हो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button