प्रहार समाचार । सर्लाही , २५ कात्तिक २०८१ आइतवार । प्रहरीको थुनुवा कक्षबाट नै अपराधि पुरार हुन्छ भने त्यसको जिम्मेवारी कस्ले लिने ? भन्ने प्रश्न यतिबेला सर्लाहीमा छाएको छ। इलाका प्रहरी कार्यालय हरिवनको थुनुवा कक्षबाट लागुऔषध ओसारपसार मुद्दामा पक्राउ परेका अभियुक्त नै फरार भए पछि यस्तो प्रश्न उठेको हो ।

प्राप्त समाचार अनुसार फरार हुनेमा बरहथवा नगरपालिका–९ मूर्तियाका रामआयोधी मुखिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए । मुखिया हिरासत कक्ष सरसफाइ गर्ने क्रममा दिउँस फरार भएका थिए ।
उनीमाथि लागुऔषध गाँजा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको थियो । फरार अभियुक्त मुखियाको खोजी भइरहेको र अन्य थप अनुसन्धान भइरहेको बताइएको छ ।
























