हेडलाईनसमाचारगण्डकीस्वास्थ्य

लमजुङको दुधपोखरी अस्पताल निर्माण कार्य सम्पन्न

• विजय अधिकारी । ( संवाददाता ) २४ कात्तिक २०८१ शनिवार । लमजुङको दुधपोखरी गाउँ पालिका वडा नम्बर -२,अल्काचौरमा १५ शैय्याको आधारभुत दुधपोखरी अस्पताल ३ बर्षमा  निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिए पनि २ बर्षमा सम्पन्न भएको छ ।

संघ सरकारको १३ करोड लगानीमा ९ रोपनी जग्गामा अस्पताल भवन निर्माणका लागि टिम सगरमाथा र गौरी पार्वती कन्स्ट्रक्सनसंग गत असारमा सम्झौता भएको थियो ।  दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरि १२ करोड ९० लाख ४९ हजार ६ सय ६९ रुपैयामा सम्झौता भएको अस्पताल भवन निर्माण कार्य गत कार्तिकबाट शुरु भएको गाउँ पालिकाका अध्यक्ष धन प्रसाद गुरुङले जानकारी दिए ।

उनका अनुसार – तीन बर्षमा सक्ने लक्ष्य लिईए पनि दुई बर्षमा अस्पताल निर्माण कार्य सम्पन्न भएको छ ।अस्पताल बनाउन सबै जग्गा स्थानीयले स्वेच्छिक रूपमा दान गरेका हुन ।
      नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत बनेको अस्पतालमा ५ देखि ७ जना सम्म एमडी सहितका डाक्टरहरु रहने ब्यवस्था छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ मा सबै स्थानीय तहमा १५ शैय्याको अस्पताल अनिवार्य निर्माण गर्नुपर्ने ब्यवस्था छ । त्यसै अनुसार स्वास्थ्यलाई छिटोछरितो तथा सर्वसुलभ बनाउन हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने संघिय सरकारको योजना अनुसार स्थानीय तहमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।

लमजुङ जिल्लाको पुर्वी क्षेत्रमा  पर्ने दुधपोखरी गाउँ पालिका लमजुङ जिल्लाकै विकट पालिका हो । यस क्षेत्रको नजिक कुनै अस्पताल नभएको कारण नागरिक विरामी भएमा लमजुङ सदरमुकाम बेसीशहर,गोर्खाको भच्चेक वा काठमाडौ , पोखरा , चितवन धाउनुपर्ने अवस्था थियो ।

अब अस्पतालमा सेवा सुरु भए पछी दुधपोखरी गाउँ पालिका र छिमेकी जिल्ला गोरखाको अजिरकोट गाउँ पालिकाको गरि करीब १५ हजार जना लाभान्वित हुने र अवको केही महिना भित्रमै अस्पतालले सेवा दिन शुरु गर्ने गाउँ पालिका अध्यक्ष गुरुङले प्रहार समाचारलाई बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button