
याे बस्तीमा तनाव आउन छाेडेकाे छैन
बाढीले बस्तीहरू बगाउन छाेडेकाे छैन
देशमै राेजगार दिन्छु भन्ने याे सरकारले
युवालाई खाडी पठाउन छाेडेकाे छैन
मलाई छोडेर जानेको यादहरूले पनि
अझै पनि मलाई रूवाउन छोडेको छैन
धारिला औजारकाे घाउ भए ठिक हुन्थ्यो
वचनकाे घाउले मन दुखाउन छाेडेकाे छैन
जिन्दगीलाई यहीँ सोचेर चित्त बुझाउछु
घाम अस्ताए पनि उदाउन छोडेको छैन।
- नरहरिनाथ गा:पा २ कालिकोट ।
























