हेडलाईनव्याससमाचारगण्डकीसूचना प्रविधि

व्यास नगरपालिकाका विद्यालयहरू बन्द नहुने

प्रहार समाचार । तनहुँ १२ असोज २०८१ शनिबार । भोलिबाट तीन दिन देशभरका स्कूल र विश्वविद्यालयहरु बन्द हुने सरकारी निर्णय भएतापनि व्यास नगरपालिकाका विद्यालयद भने बन्न नहुने भएका छन्।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै शैक्षिक बाढी र पहिरोकाकारण समायामा परेका नागरिकहरुलाई  संस्थाका भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै स्कुल र विश्वविद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको थियो ।

व्यास नगरपालिकामा हालसम्म त्यस्तो खासै समस्या नदेखिएकोले सबै विद्यालयहरु सुचार गर्न प्रधानाध्यापक हरुलाई सूचित गरिएको व्यास नगगर शिक्षा शाखा प्रमुख केदाराज आचार्यले प्रहार समाचारलाई बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button