हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

भोलिबाट तीन दिन देशभरका स्कूल र विश्वविद्यालयहरु बन्द

प्रहार समाचार । तनहुँ १२ असोज २०८१ शनिबार । भोलिबाट तीन दिनसम्म देशभरका सम्पूर्ण स्कूल र विश्वविद्यालयहरु बन्द हुने भएका छन्।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बाढी र पहिरोकाकारण समस्यामा परेका नागरिकहरुलाई  संस्थाका भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै स्कुल र विश्वविद्यालय आइतबारदेखि तीन दिन सम्म बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरेको हो।

देशभर विश्वविद्यालय र स्कुलका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेका तथा विस्थापित  हरुलाई व्यवस्थापन गर्नु पर्ने भएको र यातायात समेत अवरूद्ध भएको तथा दैनिक जीवनयापनमा कठिनाइ भएको जानकारी मन्त्रालयमा प्राप्त भइरहेकाले यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button