प्रहार समाचार । तनहुँ १२ असोज २०८१ शनिबार । मगर सुधार समिति व्यास नगरपालिका तनहुँ दमौलीको दशौँ साधारण सभा तथा पाँचौं अधिवेशन आज दमौलीमा सम्पन्न भएको छ ।


उक्त साधारण सभाको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले नेपाल चार जात छत्तिस वर्णको सुन्दर फुलबारी भएको हुनाले सबै सम्प्रदायको विकास र समृद्धि भएमा मात्र समग्र देशको विकास हुने कुरामा जोड दिए ।

कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष मणिराज थापा, निर्वाचन संयोजक बलबहादुर आले ,सल्लाहकारहरु यमबहादुर आले, क्याप्टेन खिलबहादुर थापा, खड्गबहादुर आले , मगर संघ गण्डकी प्रदेशका सचिव नन्दबहादुर थापा, नेपाल मगर सङ्घ तनहुँका उपाध्यक्ष मिना थापा, जनजाति व्यास नगरका अध्यक्ष क्याप्टेन सोमबहादुर थापा, नेपाल मगर संघ व्यासनगर अध्यक्ष रिमा आले,नेपाल मगर विद्यार्थी संघका अध्यक्ष विजय थापा,भादगाउँ टोल विकास संस्थाका अध्यक्ष दीपक घिमिरे, उपाध्यक्ष इन्द्रबहादुर थापा लगायतले आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम मगर सुधार समिति व्यास नगरपालिका तनहुँका अध्यक्ष पूर्णबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो।

यसैबीच उक्त अधिवेशनले इन्द्रबहादुर थापाको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
समितिको उपाध्यक्षमा केश कुमारी राना , सचिवमा लिलबहादुर थापा,कोषाध्यक्षमा ओम बहादुर थापा,सहसचिवमा कृष्ण राना सर्वसम्मत चयन भएका छन् ।

यसै गरि समितिको सदस्यहरुमा होमबहादुर राना, रामबहादुर राना, पुसबहादुर थापा, सन्तबहादुर आले, नरबहादुर थापा,मदनबहादुर थापा,शकुन्तला राना,चित्रमायाँ आले, विष्णुमाया थापा , लुमबहादुर सारु, राम बहादुर आले, मनबहादुर आले, गंगा थापा,सुनभद्र राना, सिर्जना थापा र चोलीमाया थापा रहेको जनाइएको छ ।
























