हेडलाईनसमाचारप्रदेश

उल्टो बाटोमा सरकार : २ सय वटा सहकारी संस्थाको रकम हिनामिना गर्ने तामाङ राष्ट्रिय सहकारी विकास बोर्डको सदस्यमा नियुक्त

प्रहार समाचार । काठमाडौं १० असोज २०८१ बिहीबार ।  वर्तमान सरकार कुन बाटोमा हिंडेको छ भन्ने प्रमाण हेर्न टाढा जानै पर्दैन ।  विभिन्न २ सय वटा सहकारी संस्थाको रकम हिनामिना गर्ने गोर्खा सहकारी घरानाकी  सदस्य संगीता तामाङलाई  राष्ट्रिय सहकारी विकास बोर्डको सदस्यमा नियुक्त गरेर पुरस्कृत गरेको हेरे पुग्छ ।

सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिले कारवाहीको दायरामा राखेको गोर्खा सहकारी ग्रुपकी सदस्य संगीता तामाङ सहकारी विकास बोर्डको सदस्य नियुक्त भएर मन्त्रीको अध्यक्षताको बैठकमा भागसमेत लिएकी छन्।  भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीको अध्यक्षतामा रहेको समिति बैठक आइतबार बसेको थियो ।

सहकारी ठगीका चर्चित पात्र जीबी राईका ससुराली हुने डीबी बम्जन, ज्ञानबहादुर बम्जन, तेजबहादुरलगायत ।सोही परिवारकी भान्जी अर्थात डिबीकी सहोदर दिदी हेमकुमारीकी छोरी हुन् संगीता तामाङ । अर्बौ रूपैयाँ ठगी गर्ने गिरोहकी सदस्यलाई नै नियामक तथा प्रबद्र्धन गर्ने निकाय सहकारी विकास बोर्डको सदस्य नियुक्त गर्नुलाई आश्चर्यको रूपमा तथा वर्तमान सरकारको उल्टो हिडाइका रूपमा विश्लेषकहरुले टिप्पणी गरेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button