हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : तीन प्रदेशमा भारी वर्षा

प्रहार समाचार । काठमाडौँ ७ असोज २०८१ सोमवार । अहिले देशभरनै  मनसुनी वायुको प्रभाव कायमै रहेको  छ । आज देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

आज राति भने कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा द्वारा आज प्रकाशित बुलेटिनमा उल्लेख छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button