हेडलाईनसमाचारगण्डकी

तनहुँको आदिकवि भानुभक्त क्याम्पस र म्याग्दीको  म्याग्दी बहुमुखी क्याम्पस बिच  संस्थागत सहकार्यको सम्झौता सम्पन्न

प्रहार समाचार । तनहुँ ६ असोज २०८१ आइतबार । तनहुँको व्यास नगरपालिका वडा – १ विज्ञानचौरमा रहेको  आदिकवि भानुभक्त क्याम्पस र म्याग्दी बहुमुखी क्याम्पस, फुलबारी , म्याग्दी बीच आज संस्थागत सहकार्यको सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा दुई क्याम्पस बीच शैक्षिक गुणस्तर अभिवृद्धि , विद्यार्थी प्राध्यापक र कर्मचारीहरूको बीच आपसी सीप ज्ञान र अनुभवको आदानप्रदान गर्ने सम्झौता भएको छ। यसका साथै संयुक्त गोष्ठी , सभा  ,भेला प्रदर्शनी  तथा बैठक आदिको सहआयोजना गर्ने सहमती भएको छ। यसका अतिरिक्त सम्झौतामा  प्राज्ञिक अनुसन्धान , शैक्षिक सूचना तथा प्रकाशन , कला तथा संस्कृतिका क्षेत्रहरूमा दुई क्याम्पस बीच सहकार्य गर्ने उल्लेख गरिएको छ ।

उक्त सम्झौतामा आदिकवि भानुभक्त क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हड्खले र सहायक क्याम्पस प्रमुख सागर पौडेलले र म्याग्दी बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख श्रीधर सुवेदी र सहायक क्याम्पस प्रमुख नारायण प्रसाद सुवेदीले हस्ताक्षर  गरेको क्याम्पसले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button