हेडलाईनसमाचारप्रदेश

प्रधानमन्त्री केपी शर्मा ओली र  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच  भेटवार्ता

प्रहार समाचार । काठमाडौं ७ असोज २०८१ सोमबार ।  प्रधानमन्त्री केपी शर्मा ओली र  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच  भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन न्युयोर्क पुगेका ओली र सोहि क्रममा न्यूयोर्क पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता  भएको हो ।

आइतबार साँझ  भएको भेटका अवसरमा नेपाल—भारत आपसी चासो र हितका विषयमा कुराकानी भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संञ्जाल माइक्रो ब्लगिङ साइट एक्समा जनाएका छन् ।

‘प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भयो। भारत–नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं। हाम्रो संवाद ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा केन्द्रित थियो,’ उनले ओलीसँगको भेटका तस्बिर साझा गर्दै भनेका छन्।

नेपाली पक्षको लामो प्रयास र गृहकार्यपछि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटको वातावरण बनेको नेपाली प्रतिनिधिमण्डलले जानकारी दिएका छन्।

भेटमा दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीहरू थिए।

भेटका लागि नेपाली पक्षबाट धेरै अघिदेखि गृहकार्य भएको थियो। भारतीय पक्षबाट शुक्रबार सकारात्मक सन्देश पाएपछि भेटको वातावरण बनेको थियो। ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्रीसँग पहिलोपटक भेट भएको हो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button