हेडलाईनसमाचारप्रदेश

लमजुङमा भेटीए इमान्दार अटो चालक  : जस्ले  आफ्नो अटोमा भेटिएको १ लाख ५० हजार फिर्ता गरे

विजय अधिकारी ।  ( संवाददाता ) प्रहार समाचार ७ असोज २०८१ सोमबार । लमजुङको सदरमुकाम बेसीशहरमा एक इमान्दार  अटो चालक भेटिएका छन् ।  जसले आफ्नो अटोमा भेटिएको १ लाख ५० हजार   फिर्ता गरेका छन् ।

हिजो आज पैसा दिएर माग्न जादा पनि कुटाइ खाएको र सापटी पैसा नदिदा ज्यानै गुमाएको खवर सुनिरहेका बेला एक अटो चालकले यात्रुलाई खोजी खोजी रकम फिर्ता गरेर समाजमा इमान्दारिता प्रस्तुत गरेको र मानिसमा अझै पनि  अनुशासन र धर्म  बाँकी छ भन्ने उदाहरण  प्रस्तुत गरेका छन् । 

प्राप्त समाचार अनुसार मर्श्याङ्दी गाउँपालिका वडा नम्बर -९,सिम्पानी निवासी २८ वर्षका डिलबहादुर वि.क.ले बेसीशहरमा रहेको प्रभु बैंकबाट आइतबार रकम झिकेर बैंक चोक तिर जादै गर्दा बाटोम ग प ०४००१ ह ०३२८ नम्बरको अटो बाटोमा भेटे पछी त्यसैमा चढेर घलेगाउँ चोक भन्दा केही पर अटो बाट अर्लेका वि.क.को आफू सङ्ग भएको नगद छुटेको १ लाख ५० हजार रुपैयाँ प्रहरीको रोहवरमा संबधित यात्रुलाई फिर्ता गरेका  छन् ।



घटना अनुसार  अटो चालक बेसीशहर नगरपालिका वडा नम्बर -८,फुलवारी निवासी ४७ वर्षका रामबहादुर आले मगरले भाडा लिएर क्यु थाप्नका लागि बेसीशहरकाे शेरामा फर्केका थिए । शेराबाट एक जना  महिला यात्रु लिएर फेरी आले मगर घले गाउँ चोक पुगे । महिला यात्रुलाई ओरालेर पुनःशेरा फर्केका आलेले रातो फाइवरको झोला देखि हेर्दा भित्र १ लाख ५० हजारको पैसाको बन्ड्ल देखेपछि आले झसङ्ग भए । र , अघि अटोमा चढ्ने महिलाले बिर्सेको होला भनेर अटो चालक आलेले पैसा फिर्ता गर्न भनी महिला पसेको घर नजिक पुग्दा यात्रु कुरेर बसेका अटो नजीक मानिसको भिड देखे । केही बेर अगाडि आफ्नो अटो चढेर ओर्लिएका वि.क.अटो चालकहरुसङ्ग पैसाको बारेमा कुरा गर्दै गरेको सुने ।  उनलेे भने अटोमा छोडीएको पैसा ती महिला यात्रुको होला भन्ने सोचाइ राखेको भए पनि उनी भन्दा अघिल्लो यात्रुले पैसा छोडेको थाहा पाई सकेपछि उनले पैसा आफुसङ्ग रहेको बताए । आफुले पैसा भेटेपछि पैसा हराउने मानिसलाई खोज्दै हिडेको र अटोमा पैसा छोडीएको खवर प्रहरीलाई जानकारी दिएको बताए ।


अटोमा छुटेको सो रकम १ लाख ५० हजार प्रहरी र पत्रकारको रोहवरमा पैसा छोडेर हिड्ने डिलबहादुरलाई फिर्ता गरे ।
कसैले छोडेको वा हराएको रकम फेलापर्ने मानिसले पैसा हराउनेलाई खोज्दै पैसा फिर्ता गरेर आम मानिसमा उदाहरण प्रस्तुत गर्ने अटो चालक रामबाबु आले अहिले सबैको धन्यवादका  पात्र बनेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button