प्रहार समाचार । काठमाडौँ ६ असोज २०८१ आइतबार । देशभर मनसुनी वायुको प्रभाव रहेको कारण आज बिहानैदेखि कर्णाली प्रदेशका एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति कर्णालीका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ ।

























