हेडलाईनसमाचारगण्डकीम्याग्दे

घुम्ती शिविर सञ्चालन गर्दै म्याग्दे गाउँपालिका : जनताको घरदैलोमा नै सेवा

प्रहार समाचार । तनहुँ ६ असोज  २०८१ आईतबार । तनहुँको म्याग्दे गाउँपालिकाले आजबाट जनताको घर दैलोमा नै पालिकाले दिने सेवा र सुविधा प्रदान गर्ने भएको छ। जस्कालागि पालिकाले आजबाट कात्तिक ९ गते सम्म  घर घरमा तथा गाउँ गाउँमा एकिकृत घुम्ति शिविर सञ्चालन गर्ने भएको हो ।

तस्विर : प्रहार अनलाईन मिडिया

गाउँ कार्यपालिकाको पहुँच बाट टाढा रहेका जनतालाई घर दैलोमा नै सेवा प्रदान गर्ने उद्देश्यकासाथ एकिकृत घुम्ति शिविर सञ्चालन गरिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।


‘टाढा टाढाका जनतालाई पालिकासम्म आउन दुःख भयो त्यसैले एकीकृत रूपबाट सम्पूर्ण सेवाहरू जनताको घरदैलोबाट नै प्रदान गर्ने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरेका हौँ।’ अध्यक्ष श्रेष्ठले भने ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार शिविरमा स्वास्थ्यतर्फ परिवार नियोजन  , मातृत्व सेवा  गर्भवती परीक्षण,भिडियो एक्सरे सहित क्षयरोग  ,स्क्रिनिङ सेवा , सामान्य स्वास्थ्य परीक्षण , दन्त परीक्षण सेवा , स्तन क्यान्सर परीक्षण सेवा समेत प्रदान गरिनेछ।

पालिकाले कृषितर्फ उन्नत जात बिउविजन वितरण , विभिन्न अनुदानका सूचनाका माग संकलन , पशुसेवातर्फ बिरामी पशुपंक्षीको उपचार  ,पशुबन्दाकरण सेवा , पशुजन्य औषधि वितरण , गोबर परीक्षण, कुकुर बिरालोलाई रेबिज विरुद्धको खोप प्रदान गरिनेछ।

यसैगरी पञ्जीकरण सेवातर्फ जन्मदर्ता , बसाईसराई , विवाह दर्ता  ,  मृत्यु दर्ता , सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सिफारिसहरु वडा कार्यालयबाट हुने सबै सेवाहरू प्रदान गरिने छ।

उता उद्योगतर्फ उद्योगको व्यवसाय वाणिज्य दर्ता तथा सूचीकरण सेवा उपलब्ध समेत गराईने पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

शिविर वडा नं १ को बाख्रे गुरुङ सामुदायिक भवनबाट सुरु हुनेछ भने असोज ७ गते मानुङ बर्चाङ र गुणादीको वडा नम्बर १ को कार्यालय भवनमा हुनेछ । त्यसैगरी असोज ८ गते गुञ्जरा र डुँण्डाडा र पाटेचौरमा हुनेछ भन्ने असोज ९ गते घिमिरे थोक र निर्मल बस्तीको ट्रि हाउस र पिपल डिही सामुदायिक भवनमा हुनेछ । असोज १० गते रविचन्द्र प्रा वि  किलचोकमा हुनेछ भने १३ गते कोलडाँडा स्वास्थ्य भवन , गैह्रा गणेश माविमा हुन्छ ।

त्यसैगरी असोज १४ गते छम्लीस्वाँरा कालिका माई समूहको  भवनमा हुनेछ भने साउनेपानी र बोटेनीटारमा असोज १६ गते शिविर सञ्चालन हुनेछ। असोज २० गते वडा नम्बर ७ को समिधारा स्वास्थ्य केन्द्र भवनमा र २१ गते तिल्याटर सामुदायिक भवनमा हुनेछ। यसका साथै कार्तिक ८ गते सर्वलांग रत्न मावि मनपाङ्ग तिलाहारमा हुने छ भने   कार्तिक ९ गते गाउँश्वाँरा र अकला सामुदायिक भवनमा सेवा प्रदान गरेर  समापन गरिने पालिकाले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button