•विजय अधिकारी । (संवाददाता ) राष्ट्र कवि माधवप्रसाद घिमिरेको १ सय ६ औं जन्मजयन्तिको अवसरमा लमजुङमा जिल्ला स्तरीय खुल्ला कविता वाचन प्रतियोगिता सम्पन्न गरिएको छ।

राष्ट्र कवि घिमिरेको गृह जिल्ला लमजुङ सदरमुकाम बेसीशहरको जनविकास मा.वि.को सभाहलमा शनिबार भएको खुल्ला कविता वाचन प्रतियोगितामा राइनास नगरपालिका वडा नम्बर -६,धमिलिकुवाकी शारदा विसुराल पाण्डे प्रथम र राइनास नगरपालिका वडा नम्बर – ५ , तिनपिप्ले कै मातृका खनाल द्दित्तिय भएका छन । त्यसैगरी बेसीशहर नगरपालिका वडा नम्बर -३,का भरतबाबु घिमिरे तृतीय र जनविकास मा.वि.बेसीशहर चन्डिडाडामा अध्ययनरत छात्रा रोनिका गुरुङ र रोसिका गुरुङ सान्त्वना भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले प्रतियोगितामा प्रथम,द्दित्तिय,तृतीय र सान्त्वना हुनेहरुलाई क्रमशः ९ हजार,५ हजार,३ हजार र सान्त्वना हुने २ जनालाई रू.१५ , १५ सय पुरस्कार प्रदान गरे । गण्डकी प्रज्ञा प्रतिष्ठान पोखरा मुख्य प्रायोजक र लिस्नो साहित्यिक मञ्च नेपाल लमजुङको सहप्रायोजक रहेको कार्यक्रममा प्राज्ञ सदस्य गजेन्द्र गुरुङ,हिमालचुली कला साहित्य प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरे,लिस्नो साहित्यिक मञ्च नेपाल लमजुङका संरक्षक वसन्त अधिकारी,साहित्यकार रामहरी न्यौपाने लगायतको उपस्थित रहेको थियो।

कार्यक्रम लिस्नो साहित्यिक मञ्च नेपाल लमजुङका वरिष्ठ उपाध्यक्ष देवीदास बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
र


























