हेडलाईनसमाचारगण्डकीभिमादस्वास्थ्य

लायन्स क्लब अफ भिमाद ग्रीन सिटीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ ६ भदौ २०८१  आइतबार ।  तनहुँको भिमाद नगरपालिका वडा नं ६ लखन चोकमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लाइन्स क्लब अफ ग्रीन सिटी भिमादको आयोजनामा आज भएको उक्त रक्तदान कार्यक्रमको भिमान नगरपालिकाका प्रमुख दधिराज सुवेदीले उद्घाटन गर्दै रक्तदान जीवनदान भएकोले अन्य आपतमा परेका बिरामीहरूको लागि यस्ता कार्यक्रम  सहायक सिद्ध हुने कुरा बताए।


उक्त रक्तदान कार्यक्रममा वडा अध्यक्ष वडा नं ६ का वडा अध्यक्ष श्याम सुन्दर जोशी , जनज्योति क्याम्पस भिमादका क्याम्पस प्रमुख केशवराज  काफ्ले , डिस्ट्रिक्ट सिनियर काउन्सिलर  (रक्तदान ) डिस्ट्रिक्ट ३२५ एम नेपालका विष्णुप्रसाद सुवेदी , डिष्टिक गभर्नर एम जेएफ लाइन वर्ष २०२४/२५ का डिष्टिक गभर्नर चण्डीप्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो । उक्त रक्तदान कार्यक्रममा स्थानिय उद्योगी , व्यापारी , विभिन्न संघसंस्थाका प्रतिनिधि , शिक्षक , कर्मचारी  , लायन्सका पदाधिकारीहरु लगायतले  रक्त दान गरेको क्लवका सचिव सुनिता ढकालले बताईन् ।

बिरामीहरूमा देखिएको रगतको अभावलाई पूर्ति गर्ने उद्देश्यले आयोजित उक्त रक्तदान कार्यक्रममा १ सय १७ प्वाइन्ट रगत संकलन भएको बताइएको छ। क्लबका पूर्व अध्यक्ष सीमा खड्काले स्वागत गरेको उक्त कार्यक्रम क्लबका अध्यक्ष रेनु थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button