हेडलाईनव्याससमाचारगण्डकी

नेपाली लेखक संघ तनहुँद्धारा समवेदना प्रकट

प्रहार समाचार । तनहुँ ६ असोज २०८१ आइतबार । नेपाली लेखक संघ तनहुले गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका निवर्तमान अध्यक्ष एवं साहित्यकार  अर्जुन अधिकारी  (सागर उदास ) को ममतामयी आमाको निधनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

नेपाली लेखक संघ तनहुँका अध्यक्ष शंकरराज नहर्कीको नेतृत्वमा उपाध्यक्ष कृष्णहरि गैहे , सचिव अञ्जना तिमल्सेना  , कोषाध्यक्ष श्रीकान्त  घिमिरे , सदस्य चक्रबहादुर अधिकारी ,भवानी खनाल तथा केन्द्रीय प्रतिनिधि प्रदिप घिमिरे र प्रदेश प्रतिनिधि नारायणी अधिकारीको संयुक्त टोलीले हिजो शनिवार  शोकाकुल अधिकारी परिवार प्रति समवेदना प्रकट गरेको हो।

व्यास २ दमौली स्थित न्यूरोडटोलमा रहेको अधिकारी निवास  दमौलीमा पुगेर  समवेदना प्रकट गरिएको थियो। आमा पार्वती अधिकारीको यहि असोज १ गते ८१ वर्षको उमेरमा निधन भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button