हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

राष्ट्रपति पाैडेलद्वारा कुमारीबाट टीका एवम् प्रसाद ग्रहण

प्रहार समाचार । काठमाडौ ५ असोज २०८१ शनिवार । राष्ट्रपति रामचन्द्र पाैडेलले इन्द्रजात्राको अन्तिम दिन आज  हनुमानढोका दरबार क्षेत्र वसन्तपुर पुगेर कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गरेका छन् ।

राष्ट्रपति पाैडेलले साे अवसरमा श्रीगणेश, श्रीकुमारी र श्री भैरवको दर्शन गरे । त्यस पछि टीका एवम् प्रसाद ग्रहण गरेर  राष्ट्रप्रमुखले कुमारीसंग खड्ग साट्ने परम्परा अनुसार राष्ट्रपति पाैडेलले खड्ग साँटे ।

भाद्रशुक्ल द्वादशिका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजाेत्थन गरी शुरू हुने याे जात्रा काठमाडौ उपत्यकामा मनाइने सबैभन्दा लामाे जात्रा  हाे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button