हेडलाईनसमाचारगण्डकीसाहित्य

लमजुङको चिती साहित्य समाजले गर्‍यो कविता प्रतियोगिता र स्रष्टा सम्मान

• विजय अधिकारी । ( संवाददाता ) प्रहार समाचार । लमजुङ ५ असोज २०८१ शनिवार ।  लमजुङ – बेसीशहर नगरपालिका वडा नम्बर -११,मा रहेको चिती साहित्य समाजले एक कार्यक्रम बिच  कविता  प्रतियोगिताका प्रतियोगी र साहित्य स्रष्टालाई सम्मान गरको छ ।


बेसीशहर वडा नम्बर -११, भित्रका मा.वि.र आ.वि.का विद्यार्थीहरु बीच गरिएको कविता प्रतियोगितामा वालविकास मा.वि.रामचोक कि छात्रा कविता सेढाई प्रथम हुन सफल भएकि हुन भने क्रमशः लोकराज आदर्श मा.वि.कार्कीडाडा कि छात्रा सर्मिला तामाङ द्दित्तिय,जनजागृती आ.वि.बरबोट कि छात्रा कृष्मा पन्त तृतीय भएका हुन त्यस्तै जनकल्याण मा.वि.चिती कि नमूना पन्त र लोकराज मा.वि.का छात्र उपेस सिलुवाल सान्त्वना भएका छन।


उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि चिती साहित्य समाजका सस्थापक अध्यक्ष रुद्रनिधि तिवारीले  “प्रतापशाली ईश्वरी पन्त स्मृति साहित्यिक पुरस्कार” प्रमाणपत्र र नगद बाट पुरस्कृत गरिएको थियो । 


   कार्यक्रममा साहित्यको माध्यमबाट समाजमा जागरण ल्याउन विशेष भुमिका खेल्ने बेसीशहर नगरपालिका वडा नम्बर -११,का अग्रज स्रष्टाहरु दुर्गादत्त सेढाई,शम्भुशाली पन्त,दयानिधी सेढाई लगायतलाई अग्रज साहित्य प्रतिभा पुरस्कारबाट सम्मान गरिएको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिवारीले साहित्यिक सस्था सबैको साझा सस्था हुनुपर्ने बताउदै सस्थाको स्थापना गर्दाको र आजसम्मको गतिविधिका बारेमा जानकारी गराएका थिए ।


साहित्यिक कार्यक्रममा वडा नम्बर -११, का वडा सदस्य विजयराज सेढाई ,साहित्याकार गोविन्दबहादुर कुवर,जन्मदिनमा वृक्षारोपण कार्यक्रमका  केन्द्रिय अध्यक्ष वासुदेव सेढाई,रास्ट्रका लागि योगदान कार्यक्रम लमजुङ जिल्लाका अध्यक्ष ईश्वरकुमार श्रेष्ठ,वालविकास मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमदत्त सेढाई,प्र.अ.मदनराज सेढाई,कवि एवं पत्रकार वासु थापा लगायत विभिन्न क्षेत्रमा कामगर्ने विशिष्ट व्यत्तित्वहरुको उपस्थिति रहेको थियो ।

समाजका अध्यक्ष ज्ञानशाली पन्तको अध्यक्षतामा भएको कार्यक्रममा समाजका कोषाध्यक्ष बाबुराम पाण्डेले सस्थाको गतिविधिको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सस्थाका उपाध्यक्ष नेत्र के.सि.ले स्वागत तथा  कार्यक्रमको सहजीकरण सस्थाका सचिव सोविता रेग्मीले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button