हेडलाईनव्याससमाचारगण्डकी

सन्दर्भ अन्तर्राष्ट्रिय शान्ति दिवस :  सत्यवती मा.वि.मा स्काउट प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ ५ असोज २०८१ शनिबर । तनहुँको व्यास नगरपालिका वडा नं २ दमौलीमा रहेको  सत्यवती माध्यमिक विद्यालयमा  अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा एक दिवसीय स्काउट प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

सत्यवती स्काउट ट्रुपको आयोजनामा भएको उक्त कार्यक्रमको व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठले उद्घाटन गर्दै यस्ता कार्यक्रम र गतिविधिले विद्यार्थीको प्रतिभा प्रस्फुटन हुनुका साथै मन वचन र कर्मले मानिसलाई सभ्य र संस्कारी बनाउने बताए । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ र विद्यालय प्रधानाध्यापक पुष्पकला भट्टराईले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेकाे स्काउट संयोजक कृष्ण प्रसाद तिवारीले जानकारी दिए ।


 उ कार्यक्रममा प्रशिक्षक गौरी माया प्रधान,निशा परियार,बिरमान गुरुङले स्काउट बारे प्रशिक्षण प्रदान गरेका थिए । विभिन्न समुहमा विभाजन गरी सत्यवती स्काउटमा आवद्ध विद्यार्थीहरुलाई सो कार्यक्रम गरिएको थियो । स्काउट ट्रुपका अध्यक्ष सिजन पन्थको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण  ट्रुप लिडर श्रीषा सिग्देलले गरेकी थिइन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button